Acharya Kushal Kumar
Mooscow
+7-8-9268-373-943
acharayakushal@gmail.comॐ आयुद्रोणसुते श्रीयँ दशरथे शत्रुक्षयँ राघवे
ऐश्वर्यँ नहुषे गतिश्च पवने मानँ च दुर्योधने |
दानँ सूर्यसुते बलँ हलधरे सत्यँ च कुन्तीसुते
विज्ञानँ विदुरे भवन्तु भवताँ कीर्तिश्च नारायणे ||
अर्थ:-
अश्वत्थामाको समान लामो आयु
, राजा दशरथका समान लक्ष्मीवान्
, राम चन्द्रका समान शत्रुलाई परास्त गर्ने क्षमता
, राजा नहुषका समान ऐश्वर्य
, वायुको समान वेग
, दुर्योधनका समान मान-सम्मान
, सूर्य पुत्र कर्णका समान दानी
,बलरामका समान बलशाली
, कुन्ती पुत्र युधिष्ठिरका समान सत्य वादी
, विदुरका समान नीतिज्ञ र भगवान नारायणका समान कीर्तिशाली बन्नसकियोस्
|| भद्रमस्ति शिवँ चास्तु महालक्ष्मी प्रसीदतु |
रक्षतु त्वाँ सदा देवा आशिष: सन्तु सर्वदा ||
अर्थ :-
कल्याण होस्
, महालक्ष्मी प्रसन्न हुनुहोस्
, देवताहरुले सधै रक्षा गरिरहुन्
, सधै महापुरुषहरुको आशीर्वाद लागिरहोस्
|जयन्ति मङ्गला काली भद्रकाली कपालिनी |
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोsस्तुते ||
अर्थ :-
जयन्ति
, मङ्गला
, काली
,भद्रकाली
,कपालिनी
,दुर्गा
,क्षमा
, शिवा
, धात्री
, स्वाहा
, स्वधा
, नामले प्रसिद्ध तिमिलाई नमस्कार छ
| जय त्वॅँ देवी चामुन्डे जय भूतार्तिहारिणी |
जय सर्वगते देवी कालरात्री नमोsस्तुते ||
अर्थ :-
देवी
, चामुन्डे! तिम्रो जय होस्
, सम्पूर्ण प्राणीको दु:ख हरण गर्ने जगदम्बे ! तिम्रो जय होस्
, सबमा व्यापक रहनेवाली देवी ! तीम्रो जय होस्
| हे कालरात्री ! तिमिलाई नमस्कार छ
| सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके |
शरण्येत्र्यम्बके गौरि नारायणी नमोsस्तुते ||
अर्थ :-
सब मङ्गलमा माङ्गल्यरुप
,कल्याण स्वरुपिणी सर्वार्थ सिद्ध गर्ने शरणागतलाई शरण लिने
, तीन नेत्रवाली हे गौरी
, नारायणी ! तिमीलाई नमस्कार छ
|back