Version User Scope of changes
Nov 24 2008, 5:55 AM EST (current) acharayakushal
Nov 24 2008, 5:11 AM EST acharayakushal 1 word added

Changes

Key:  Additions   Deletions
भजन सॅग्रह
  1. सरस्वती वन्दना
जय देवि सरस्वती भगवती माता |
शरणमा पर्छौ हामी भुक्ति-मुक्ति दाता ||

सरस्वती तिम्रो नाम जिह्वामा छ बास |
चराचरा जगतको पुर्याउने आष ||
जय देवि..........
किरीट र कुन्डलले उज्जवल छ माथ |
विणाले र पुस्तकले सु-सोभितछन् हात |
जय देवि..........
भक्तलाई भक्तिदिने छुचालाई छुल्ल्याई |
अज्ञानीलाई ज्ञान दिने सुरालाई सूर्याई ||
जय देवि..........
लगाएकी सेतो साडी कूर्कुचामा भॅगरी |
ढल्की-ढल्की हीड्ने तिम्रो हॅसको सवारी ||
जय देवि..........
भक्ति गर्छौ शरण पर्छौ विद्या वुद्धि पाऊँ |
जगत गुरू शारदा जी छोडी कहाँ जाऊँ ||
जय देवि..........
2 -- हरि वोल

हरि वोल - हरि वोल झुटा माया जानी |
दुई दिनको जिन्दगानी कर्कलाको पानी || ||

मेरो-मेरो भन्छ्न् सबै मेरो केहि छैन |
एक्लै आउनु एक्लै जानु लानु केहि छैन ||
हरि वोल.......||||
माता- पिता ,सुत- बन्धु दुई दिनको मेला |
आखिरीमा पर्नु पर्ला यमराजको फेला ||
हरि वोल.......||||
पाउँ पायौ तीर्थ गर्न हातले गर्नु दान |
कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान ||
हरि वोल.......||||
घोर कलि युग आयो भजन गरौ भाई |
नाम छोडे भोग्नु पर्ला यमको सजाई ||
हरि वोल.......||||
सारा ज्यान नष्ट हुन्छ जान्न केहि साथमा |
आखिर आत्मा मिल्छ परमात्माको साथमा ||
हरि वोल.......||||

3 -- राम भजौ

राम भजौँ -राम भजौँ - राम भजौँ राss|
वाचुन्जेल सन्सारमा सकिदैन काम ||
राम भजौँ .....||||
काम गरी राम भजौँ मिल्छ परम धाम |
यो जगतमा सुख दिने भजौँ ऊनै राम ||
राम भजौँ .....||||
इष्ट-मित्र , बन्धु-भाई भजौ सीता-राम |
उल्टा सीधा जपे पनि पुरा हुन्छन् काम ||
राम भजौँ .....||||
वाल्मिकी जी जप्ता भए उल्टो मरा-मरा |
उल्टो जप्ता सुल्टो भयो राम-राम-राम ||
राम भजौँ .....||||

4 -- श्री कृष्ण जसको नाम होस्

श्री कृष्ण जसको नाम होस् गोकुल जसको धाम होस् |
यस्ता श्रीभगवानको वारम्वार प्रणाम होस् ||
श्री कृष्ण जसको नाम होस्....||||
यशोदा जसकी मैया हुन् नन्दजी वा-वैया हुन् |
यस्ता श्री गोपालको वारम्वार प्रणाम होस् ||
श्री कृष्ण जसको नाम होस्....||||
श्री कृष्ण जसको नाम होस् गोलोक जसको धाम होस् |
राधा जसकी जाया हुन् -अद्भुत जसकी माया हुन् ||
यस्ता श्री घनश्यामको वारम्वार प्रणाम होस् ||
श्री कृष्ण जसको नाम होस्....||||

5 -- आउ मेरा घरमा

आउ मेरा घरमा स्वागत गर्छु फूल-माला गासेर ||

मुखले तिम्रै गुण गाओस् कानले कथा सुनोस् |
हातले कर्म मन तिम्रै पाऊँ सम्झि रहोस् |
कृष्ण-कृष्ण आउ मेरा.....||||
जगत वासी शीर मेरो तिम्रै प्रणाम निम्ति |
आँखा तिम्रा रूप धारी सन्त दर्शन निम्ति ||
कृष्ण-कृष्ण आउ मेरा.....||||

6 -- आरती

ॐ जय जगदीश हरे प्रभु जय जगदीश हरे |
प्रभुका चरण उपासक-२ कति-कति पार तरे ||||
ॐ जय जगदीश हरे .....
मनको थाल मनोहर प्रेम रुप वाती -प्रभु प्रेम रुप वाती |
भावकपुर छ मङ्गल -२ आरती सब भाती || ||
ॐ जय जगदीश हरे....
नित्य-निरन्जन-निर्मल कारण अविनाशी - प्रभु... |
शरणागत प्रतिपालक-२ चिन्मय सुख राशी ||||
ॐ जय जगदीश हरे....
सृष्टिस्थितिलय कर्ता त्रिभुवनका स्वामी-२ |
भक्ति सुधा वर्षाउ -२ शरण पर्यौ हामी ||||
ॐ जय जगदीश हरे....
आसुरभावनिवारक तारक सुखदाता-२ |
गुण अनुरुप तिमि ह्वौ-२ हरि हर अनि धाता ||||
ॐ जय जगदीश हरे....
युग-युग पालन गर्छौ अगणितरुप धरि-२ |
लिलामय रस विग्रह -२ करुणामूर्ती हरि ||||
ॐ जय जगदीश हरे....
समताशान्ति प्रदायक, सज्जनहितकारी -२ |
चरण शरण अव पाऔ-२ प्रभु भव भय हारी ||||
ॐ जय जगदीश हरे....
सम्यम सुर सरिताको अविरल धार बहोस् -२ |
जति-जति जन्म भए पनि-२ प्रभुमा प्रेम रहोस् ||||
ॐ जय जगदीश हरे....
प्रेम सहित शुभ आरती जसले नित्य गर्यो -२ |
दिन-दिन निर्मल वन्दै-२ त्यो भव सिन्धु तर्यो ||||
ॐ जय जगदीश हरे....
ॐ जय जगदीश हरे प्रभु जय जगदीश हरे |
प्रभुका चरण उपासक-२ कति-कति पार तरे ||१०||
ॐ जय जगदीश हरे ...

7 -- राधा जपौ
राधा जपौ - राधा जपौ - राधा जपौ राssधा |
वियोगमा परि-परि हामी भयौ आsधा ||१||

शवरीको उद्दार भयो जप्दै राम राम |
कुब्जा पनि मुक्त भइन लिई कृष्ण नाम ||२|| राधा जपौ.....

द्रौपदीको लाज रह्यो हे गोविन्द भन्दा |
कुरु कुलको बिनाश भो उनका केश तान्दा ||३|| राधा जपौ.....

पुतनालाई गति दियो दुध प्राण पीई |
सकटासुर तारी दियो एकै लात दीई ||४|| राधा जपौ.....

गाई-गोठाला रक्षा गर्यो बन डढेलो पीई |
ब्रज वृन्दावन चाहि गोवर्धन लीई || ५|| राधा जपौ.....

शॅखाचुड मारिन गो छिचोल्याई गर्दा |
साधु-सन्त खुशि भये पापी कॅश मर्दा ||६|| राधा जपौ.....

8 -- सीता राम बन्दना
सीता राम राधे श्याम बन्दना,राधे श्याम बन्दना |
अन्जनाका नन्दना बन्दना ||१||

गॅगा- गया, यमुना बन्दना,यमुना बन्दना |
वद्री-केदार नाथको सम्झना || सीता राम......||२||

जन्म-कर्म भुमीलाई बन्दना,भुमीलाई बन्दना |
माता-पीता सद्गुरु सम्झना || सीता राम.... ||३||

व्यास शुकदेवको बन्दना,देवको बन्दना |
भक्त जनलाई वारम्बार सम्झना || ........||४||

गौरी-गणेश, शिवजी सहित, शिवजी सहित |
सरस्वती देवीलाई बन्दना || सीता राम....||५||


9 -- चौधै लोकलाई

चौधै लोकलाई प्रकाश दिने -२ , ब्रह्माण्डका मालिक हुन् |
भजन गरौँ सनातन शेष शायीको-२ ||

हाम्रो दन्डवत प्रणाम स्विकार गर्नु हुन्छ |
मँ र मेरो भन्ने आषा सबै त्याग्नु पर्छ || चौधै लोकलाई .....||२||

आठ वर्षको उमेरमा धुर्व बन पसेथ्ये |
प्रह्लादले खम्बैबाट दर्शन गराइदेथ्ये || चौधै लोकलाई .....|| ३||

कँशले नी कालो-कालो भन्दै नाम जप्थ्यो |
शिशुपालले सधैभरी गाली मात्रै गर्थ्यो || चौधै लोकलाई .....||४||


10 -- सुदामा चरित्र

कृष्ण सँग मिलनलाई आएका सुदामा |
गाउँदै हीडेँ मनमा हरे कृष्ण रामा || १||

बाल्य कालका साथि थिएँ देवकी नन्दन |
भेट्ने इच्छा सुदामा जी गुन्छन् मन-मन || कृष्ण सँग .....||२||

बाल्य कालमा गौ हेर्दाको क्रीडा रसलाई |
सम्झि-सम्झि जान लागे कृष्ण गाथा गाई ||कृष्ण सँग .....||३||

कनिकाको पोको पारी काखिमा लुकाई |
गाउँदै हीडे सुदामा द्वारीका लाई ||कृष्ण सँग .....||४||


11 -- शरणमा आयौँ

शरणमा आयौँ प्रभु राख आफ्नो मान |
रक्षा गर -२ हे दया निधान || १||

प्रभु विना सँसारमा छैन अर्को कोही |
आत्मज्ञानी भक्त विन्ति गर्छन् रोई-रोई ||शरणमा आयौँ.....||२||

योग गर्ने शक्ति छैन , छैन जप ध्यान |
कीर्तनले खुशि भई प्यारो भक्त मान ||
आषा गर्छु चरणको देउँ प्रभु स्थान || रक्षा गर -२..... ||३||

इन्द्रियको दास भई भुले प्रभु सारा |
मोहान्धले अन्ध भई भए आत्महारा ||
झुठा माया मोहको गर अब सान || रक्षा गर -२...... ||४||


12 -- वाँसुरी मीठो

वाँसुरी मीठो कृष्णको बज्यो वृन्दावन घारीमा |
सुनेर बन्सी मेरो मन पुग्यो यमुना पारीमा ||१||

वेलुकी पख अस्ताए घाम झुल्किए चन्द्रमा |
गाई र ग्वाला गोकुलमा आए फर्केर साझमा || वाँसुरी मीठो.....||२||

सुरीलो स्वर गुन्जदै आयो सबैका कानमा |
ती तीनै लोक भुवन वासी लट्टिए तानमा || वाँसुरी मीठो......||३||

के मीठो तान वँशीको भनी सबैले सुनेर |
पशु र पँक्षि सबैको लग्यो हृदय चुडेर || वाँसुरी मीठो......||४||

धामका आत्मा गोपीहरुले सुनेर वाँसुरी |
देह र गेह त्यागेर पुगे तुरुन्तै दगुरी || वाँसुरी मीठो.......||५||

सम्पूर्ण जगत प्रलय भयो यसैका पछाडी |
जानेनन् भेद कसैले पनि केभयो अगाडी || वाँसुरी मीठो.....||६||


13 -- हे प्रभु
हे प्रभु कृष्ण सखे वँशी बजाइदेउन |
तिम्रो गाउँमा आउछु कृष्ण बाटो देखाइ देउन ||

यमुनाको तीरमा बसि धेनु चराउने |
मुरलीको धुन सुनाई मस्त बनाऊने ||

माता-पीता, दाजु-भाई दीदि-बहीनि सखी |
दुइ दिनको नाता सबै आशा प्रभु माथी ||

कृष्ण -कृष्ण -कृष्ण भन्ने बानी बसाई देउन |
जन्म-जन्म गाईरहन्छु धोको पुर्याई देउन ||

सम्झनाको कोशेलीले मनै खुशिपार्ने |
भक्तलाई आफ्नो मानी भव सागर तार्ने ||

आउन प्रभु छेउमै बसी वँशी बजाइदेउन |
तिम्रो भजन गाउँछु प्रभु लय सिकाई देउन ||


14 -- जाउँन जमुना
जाउँन जमुना- सख पानी भरौन |
लमक-लमक हीडन छिटो , सुनको वँशी बजेको मीठो || जाउँन जमुना-..


कृष्ण पनि हराई गए .. कदम गाछ मुनी-२ |
जादै गर सखी तिमी , आउछु म पनि {सखि आउछु ..} ||


{ आज मेरो गाई हेर्ने पालो |
कृष्णजीलाई पठाइदेउँ गोठालो || }


सोह्र हजार गोपिनीलाई वँशीले भुलायौँ {श्याम..} |
राधा सहित मोहित पारी रास रचायौ {श्याम ...} ||


{पशुपतिमा चार ढोका चाँदीका|
कृष्णजीलाई मन पर्ने राधिका || } जाउँन जमुना....


15 -- हे कृष्ण मलाई मीठो..
हे कृष्ण मलाई मीठो वँशी सुनाई देउन { हो.. } |
तिमीलाई मात्र हैन त्रिलोकै थर्कइ देउन || -२


कसरी वँशीले त्रिलोकै थर्काइ दिन्छौ |
तपस्वी ज्ञानीको आसन जगाइ दिन्छौ || हे कृष्ण मलाई मीठो..


वँशीको महिमा बुझ्दैनौ तीमि राधा |
यो विरहि हिरणीको ध्यानमा पर्छ बाधा || हे कृष्ण मलाई मीठो..


बाँसका टुक्राको महिमा के-के हुन्छ |
हामीले शिवाय अरुले कहाँ सुन्छ || हे कृष्ण मलाई मीठो..


तिम्रा ती देवता सबको सेखी झार्छ |
ब्रह्माजी त्रिदेव मोहित यसले पार्छ ||हे कृष्ण मलाई मीठो..


सुरिलो तानको मोहिनी कस्तो राधा |
सुनेर यी कुरा चकित भएँ आज || हे कृष्ण मलाई मीठो..


हे प्यारी यसले गोपिनी डाकि ल्याउँछ |
जसले यो सुन्छ तिरुन्त यहाँ आउँछ ||हे कृष्ण मलाई मीठो..


16 -- लैजाउँ कृष्ण..
लैजाउँ कृष्ण वैकुण्ठ विमानमा चढाउँदै |
हामी जान्छौ वैकुण्ठ हरि गुण गाउँदै || लैजाउँ कृष्ण..


के का होलान् मजिर के का होलान् जुईना |
नारायणको मन्दिर छोडि अन्त जाने छुईन ||लैजाउँ कृष्ण..


कहाँ जन्मे राम लक्ष्मण कहाँ जन्मिन् सीता |
अति मीठो लाग्छ मलाई भागवत र गीता || लैजाउँ कृष्ण..


आयोध्यामा राम लक्ष्मण जनकपुरमा सीता |
आति मीठो लाग्छ मलाई भागवत र गीता || लैजाउँ कृष्ण..


नारायणको मन्दिरमा चन्दनको करालो |
भक्ति गर्ने भक्त जनलाई वैकुन्ठ उज्ज्यालो ||लैजाउँ कृष्ण..


17 -- कति राम्रो..
कति राम्रो त्यो वृन्दावन, सललल बगेकी यमुना |
उस्तै राम्रो मथुरा शहर , जान मलाई लाग्दैछ रहर ||कति राम्रो..


वृन्दावनको झीलिमिली कृष्णजिको दर्शन |
कृष्णजीको दर्शन गरे पापी पनि तर्छन् || कति राम्रो..


गाई बाछा लिई प्रभु जान्थे वन-वन |
गोपिनीको प्रेम ठूलो रुन्छन् मन-मन | कति राम्रो..


कृष्णजीको जन्म भयो देवकीको काखमा |
मलाई पनि लानु प्रभु जान्छु तिम्रो साथमा || कति राम्रो..


पहिलो दर्शन विहारीको पछि रङ्गजीको |
यमुनामा स्नान गर्नु कृष्ण पियारीको || कति राम्रो..


राधाकुण्ड- श्यामकुण्ड गिरी गोवर्धन |
मधुर-मधुर वँशी बज्यो सोहि वृन्दावन ||कति राम्रो..


वरि-परि ढल्की-ढल्की चर्ने बाछा गाई |
मुरलीधर श्रीकृष्ण जी माखन मिश्री खाई ||कति राम्रो..


वँशी सुनी रास रची नाचे गोपीहरू |
कृष्णजीको भजन गरी हामी पनि तरू || कति राम्रो..



18..राधा नाचे
राधा नाचे,कृष्ण नाचे नाचे गोपि जन् |
मन् मेरो बन गयो सखि पावन वृन्दावन || १||


सूर्य नाचे, चन्द्र नाचे, नाचे तारागण |
मन मेरो बन गयो सखि पावन वृन्दावन ||२|| राधा नाचे ....


गँगा नाचे ,यमुना नाचे नाचे सरयू सँग |
मन मेरो बन गयो सखि पावन वृन्दावन ||३|| राधा नाचे ....


ब्रह्मा नाचे, शँकर नाचे नाचे नन्दी सँग |
मन मेरो बन गयो सखि पावन वृन्दावन ||४|| राधा नाचे ....


गन्धर्व नाचे , ऋषि मुनि नाचे नाचे देवगण |
मन मेरो बन गयो सखि पावन वृन्दावन ||५|| राधा नाचे ....


19..दशावतार
लौन हे मन ! कृष्ण हरि नारायण भजि देँ ||१||

पहिलो अवतार लिए मत्स्य रुप विष्णुले |
शँख चक्र आदि धारी शँखासुर मारिदिए ||२|| लौन हे मन ! ....


दोश्रो अवतार लिए कच्छप रुप विष्णुले |
सुर-असुर साथ लिए मन्द्राचल धारिदिए ||३|| लौन हे मन ! ....


तेश्रो अवतार लिए वराह रुप विष्णुले |
दैत्य हिरण्याक्ष मारी वेद पृथ्वी पालिदिए ||४|| लौन हे मन ! ....


चौथो अवतार लिए नृसिँह रुप विष्णुले |
खम्बा फोरी निस्किएर प्रह्लाद भक्त पालिदिए ||५|| लौन हे मन ! ....


पाँचौ अवतार लिए वामन रुप विष्णुले |
तीन पाउँ पृथ्वी लीइ भक्त बलि पालिदिए ||६|| लौन हे मन ! ....


छैटौँ अवतार लिए पर्शुराम विष्णुले |
पितृ वचन सत्य गरि दुष्ट क्षत्री मारिदिए ||७|| लौन हे मन ! ....


सातौ अवतार लिए राम रुप विष्णुले |
राज्य त्यागी बनमा भागी रावणादि मारिदिए ||८|| लौन हे मन ! ....


आठौ अवतार लिए कृष्ण रुप विष्णुले |
गोपी लिई रास रचि दुष्ट कँश मारिदिए ||९|| लौन हे मन ! ....


नवौँ अवतार लिए बुद्ध रुप विष्णुले |
गुप्त धर्म प्रचार गरी साधु सन्त पालिदिए ||१०|| लौन हे मन ! ....


दशौ अवतार लेलान् कल्कि रुप विष्णुले |
म्लेच्छ सबै नासी सनातन धर्म पाल्नेछन् ||११|| लौन हे मन ! ....


प्रात: उठी गर्ला भजन दिल दिई जसैले |
पाप फाली सबै वन्धन काटी दिएला त्यासैले ||१२|| लौन हे मन ! ....


20- जय शिव शँकर
जय शिव शँकर ,हर शिव शँकर , भज शिव शँकर भोला |
त्रिभुवन स्वामी अन्तर्यामी शरण सदा लिनु होला ||


बाँया काखमा पार्वती गौरी कटिमा मृगपति छाला |
नागहरुका बाजुबाला नागैका सब माला || जय शिव शँकर .......


चन्द्र मुकुटमा झलमल गर्ने शिरमा निर्मल गँगा |
करमा डिम-डिम डमरु बजेको गाथ मनोहर नँगा || जय शिव शँकर .......


अपरम्पार महिमा तिम्रो ऋषि मुनि गाए सारा |
पाउँ शरण भनी झुकि-झुकि हामी गर्छौ प्रेम पुकार || जय शिव शँकर .......


तीन नयनमा तीन थरि ज्योति जगमग गर्छन् भारी |
हर घडी हाँजिर चरणकमलमा ब्रह्मा-इन्द्र-मुरारी || जय शिव शँकर .......





21- दुर्गा बन्दना
जय देवि सुरेस्वरी भगवती दुर्गे |
गय जगदीश्वरी मातर बन्दे ||


त्रिलोककी माता तिमी महिमा अपार |
स्तुती पूजा आउँदैन ज्ञान दिई सपार || जय देवि सुरेस्वरी ......


केवल जल-फल-फूल लिइकन हात |
कीर्तन -पूजन नमस्कार छ बारम्बार माथ ||जय देवि सुरेस्वरी ......


चम-चम गरी चम्किदै छन् हातका हतिया |
अष्ट भूजा धारण गरी सिँहको सवार || जय देवि सुरेस्वरी ......



22- श्री कृष्ण जन्मोत्सव
हे कृष्ण हजुरलाई सम्झेर |
गर्छौ भजन मन्दिरमा बसेर ||


भाद्र महिना कृष्ण पक्ष अष्टमीको रातमा |
जेल भित्र जम्मनु भो साक्षात परमात्मा || हे कृष्ण ....


वसुदेवले टोकरीमा राखि शिरमाथि |
पुर्याउनु भो गोकुलमा शेष नागले ढाकी || हे कृष्ण ....


पुर्याउनु भो गोकुलमा बाह्र बजे राती |
आधा रात विचमा हो कोहि थिएनन् साथि || हे कृष्ण ....


पिता भए वासुदेव देवकी हुन् आमा |
छोरा भए स्वयँ कृष्ण कँस भए मामा || हे कृष्ण ....


रोहिणिका छोरा भए दाजु बलराम |
यसोदाले गोकुलमा देख्नु भयो श्याम || हे कृष्ण ....