23- राधा कृष्ण प्रभुका पदमा
राधा कृष्ण प्रभुका पदमा , पर्छु नाथ लिदिनुस् शरण |
भक्तवत्सल ! प्रभुविना दया गर्ने अर्को को छ र ? ||१||दयासागर हे मेरा प्रभु जी, कृपा दृष्टि बक्सियोस् नभुली
दयागरेर !
कसोगरी जाउँला सँसार पार तरेर || २|| राधा कृष्ण प्रभुका पदमा...
यतिन्जेलत सँसार मै डुलेर, बसेको थे प्रभुलाई भुलेर |
होसै नगरी !
प्रभु अब मेरो कल्याण होला के गरी ||३|| राधा कृष्ण प्रभुका पदमा...
मेरो छोरो मेरा यी आमा बाउ ,मेरो दौलत मेरा यी बस्तु भाउ |
मेरो साराधन् !
मेरो-मेरो भन्दा-भन्दै आयो मर्ने दिन ||४|| राधा कृष्ण प्रभुका पदमा...
मँ को हूँ र मैले कहाँ जानु छ , मैले गर्ने कर्तव्य केहो त ? |
केमा छ यो मन !
साथ लाने वस्तु के हो जिभ्रो टोक्या दिन ||५|| राधा कृष्ण प्रभुका पदमा...
यस्तो सोच्ने फूर्सद नै भएन , सँसार देखि मन अन्त गएन |
जावस कसरी !
धन सँपत्ति छोरा-छोरी मै छ आशक्ति ||६|| राधा कृष्ण प्रभुका पदमा...मर्छौ कालका मुखमा परेर ,सोध्लान यमदूत कडा स्वर गरेर |
भन्त भाई अब !
ईश्वरका निम्ति तैले के-के गर्या छस् ||७|| राधा कृष्ण प्रभुका पदमा..
त्यसबेलामा के भन्नु मैइले , हरि भजन गरिन पहिले |
धर्म तर्फ त !
निन्दा मात्रै गर्थे केवल मस्त भएर || ८|| राधा कृष्ण प्रभुका पदमा..
दानी भई न दानै गरियो , न दु:खिको दु:ख नै हरियो |
न ता धर्मक्यै !
न प्रभुको दर्शन गरे तीर्थ व्रत गैँ ||९|| राधा कृष्ण प्रभुका पदमा..
नता बसे भक्ति नै गरेर , न सम्झन्छु प्रभुलाई केहि वेर |व्यर्थै जीवन !गुमाई सके प्रभुजीमा नदिई यो मन ||१०||राधा कृष्ण प्रभुका पदमा..न त कहिल्यै मालानै जपियो , चौवीस घण्टा सँसार मै फसियो |वास्तै नगरी !जानुपर्ला नरक भनी हुन्छन् थर्थर || ११|| राधा कृष्ण प्रभुका पदमा..पाप गरे सीमा नै नाघेर, अहिले आउँछ पछुतो लागेर |धिक्कार बुद्धिलाई !अव मलाई नरकबाट को बचाउँला गै ||१२|| राधा कृष्ण प्रभुका पदमा..आमा बुवा स्त्री पुत्र दौलत धन्, मर्या दिन साथ कोहि जादैनन् |
त्यसै बेला त !
पाप पुण्य दुवै जान्छ साथ भएर ||१३|| राधा कृष्ण प्रभुका पदमा.....
धर्म भन्ने केहि छैन गरेको ,को होला र मँ जस्तो सडेको |
न कोहि जन्मन्छ !
अवश्यनै पछि मलाई नरक लैजान्छन् ||१४|| राधा कृष्ण प्रभुका पदमा.....
यमराजले लैजालान् पक्रेर , बस्नु पर्ला नरकमा सडेर |
खाई पिटाई !
कोहि हुदैनन् भाई बन्धु ल्याउँने छुटाई ||१५|| राधा कृष्ण प्रभुका पदमा.....
यमराजले लैजालान् घिसार्दै , थप्पड दिदै लैजादै पछार्दै |
रगत छदाउँदै !
गर्थिस् पाप चाख्न मजा भन्दै सुनाउँदै ||१६|| राधा कृष्ण प्रभुका पदमा.....
यति भन्दै नरकमा लान्छन् रे , च्याप्दै छाला चिम्टाले तान्छन् रे |
घन्ले हान्छन् रे!
शरीरको सबै मासु लुट्दै खान्छन् रे ||१७|| राधा कृष्ण प्रभुका पदमा.....
ताता तेलका कराइमा हाल्छन् रे, आगो लाउँदै पकाउँन थाल्छन् रे |
ज्यादै सताई !
मरे बाबा बरै भन्दै रुला कराई ||१८|| राधा कृष्ण प्रभुका पदमा.....मर्छस् ऐल्यै भनेर समाउदै , पछार्छन् रे जमीनमा घुमाउँदै |लुगापिटे झै !उठाउँदै थेचार्छन रे त्यसै ठाउँमा ||१९|| राधा कृष्ण प्रभुका पदमा.....एक पत्र छाला सब तर्छन् रे नुन अमीलो खोर्सानी घस्छन् रे |सास्ती दिएर !कुट्छन् पिट्छन् फलामको कोर्रा लिएर ||२०|| राधा कृष्ण प्रभुका पदमा.....फलामको किलाले ठोक्छन् रे , तीखा-तीखा भालाले रोप्छन् रे |गर्दै गर्जना !दया भन्ने कोहिमा पनि हुन्न अरे त्यहाँ ||२१|| राधा कृष्ण प्रभुका पदमा.....फेरी शीशा पगाली तप्तपी, लगि खन्याइ दिन्छन् रे मुख भरी |पोल्दै भत्भति !जान्छ अरे पेट भित्र कस्तो आपत्ति ||२२|| राधा कृष्ण प्रभुका पदमा.....मल मूत्र सिँगान रगतको ,खकार थुक इत्यादि जमेको |दह बन्छ रे!त्यो दहमा लगिकन पछार्दिन्छन् रे ||२३|| राधा कृष्ण प्रभुका पदमा.....त्यति गरि लान्छन् रे रुख तिर , टाउको तल खुट्टालाई मास्तिर |पार्दै झुण्ड्याई !दिन्छन् अर तलबाट आगो लगाई ||२४|| राधा कृष्ण प्रभुका पदमा.....कैले लगि पक्रेर साराले , खडा गर्दै चिर्छन् र आराले |
जिउमा सरर !
खस्छ अरे खुनको धारो भुईमा तरर || २५|| राधा कृष्ण प्रभुका पदमा.....
कैले लगि जमीनमा सुताई, ठूला-ठूला हातिले कुल्च्याई |
एवम रीतले !
नाना दु:ख दिन्छन् अर यम दूतले ||२६|| राधा कृष्ण प्रभुका पदमा.....कुकुर गिद्ध व्वासो र चितुवा,बाघ भालु इत्यादि जन्तुका |
विचमा फाल्छन् रे!
सारा जन्तु छाला मासु लुट्दै खान्छन् रे || २७|| राधा कृष्ण प्रभुका पदमा.....
सबै जीव जन्तुको आहारा , हुदै बस्यो घर्घरी रोएर |
जब कट्छ पाप !
लिन्छौ अरे जन्म फेरी गै चौरासी लाख || २८||राधा कृष्ण प्रभुका पदमा.....
प्रभु हजूर पतित पावन , सफल पारी दिनुहोस् यो जीवन |
कृपा गरेर !
गर्छु पुकार प्रभुजीमा शरण परेर ||२९|| राधा कृष्ण प्रभुका पदमा.....
एक दिन पनि छोडेर प्रभुलाई,यो मन अन्त नजाओस् घुम्नला |
जीभ्रो दिन दिनै !
मस्त भई गरिरहोस् हरि कीर्तन ||३०|| राधा कृष्ण प्रभुका पदमा.....
कानले सधै सुन्दियोस् प्रभुका, कीर्तन भजन पुराण कथा |
लट्ठ भएर !
प्रभुजीको दर्शन गरोस् आँखा गएर || ३१|| राधा कृष्ण प्रभुका पदमा.....
माया मोह छल कपट अभिमान , लोभ लालच इत्यादि जतिछन् |
सबै गरी नाशँ !
प्रभुजीमा मन् दिउँ सधै पुग्छौ उनकै पास ||३२|| राधा कृष्ण प्रभुका पदमा.....
24- हे कृष्ण दयाका खानी
हे कृष्ण दयाका खानी |
मलाई गोकुल लानेकी नलाने ||
श्याम वर्ण ओठमा लाली घुँग्रिएको केश |
कानमा कुण्डल शिरमा मुकुट लगाएको वेश || हे कृष्ण .....
कृष्ण बलराम दुवै जना साना-सानै छदा |
दही माखन चोरी खाई सारै दु:ख दिदा || हे कृष्ण ....
ठेकी भाँडा रित्तै भए छैन हाम्रो दही |
दिक्क भई यसोदालाई उजूर गर्थे कोही || हे कृष्ण .....
पिताम्बरको फूर्के धोती मुरली छ हातमा |
वृन्दावनमा गाई चराउँथे गोपीनिका साथमा || हे कृष्ण .....
हातको वँशि लाली ओठले तिरीरि बजाउँदा |
सबै सँगी रमाउथे माखन चोर आउँदा || हे कृष्ण .....
25- पिञ्जडा तोडेर
एकदिन त जाने हो सँसार छोडेर |
पिञ्जडा तोडेर , पँक्षि उडेर ||
धन र सँपत्ति ,घरमै झोलामा |
बासको डोलामा ,लान्छन् खोलामा ||
भर नपरौँ..२ जान्छ पँक्षि उडेर गुँड छोडेर || १ ||
खै कुन्नि किन हो सँसार भुलेको |
किन हो चटक्कै , धर्म भुलेको ||
बिहानी फूल फूली ,साँझ झर्दछन् |
मान्छे चाँहि मर्दिन , जस्तै गर्दछन् ||
कैले काखमा ,कैले डोलामा , कैले शँख बजाउदै लान्छन् खोलाम || २ ||
मँ को हूँ तिमी को हौ छैन चिनेको |
केहि छैन ठेगाना ,कहाँ हिडेको ||
जाने कहाँ होला , जाने कहाँ होला |
उनै शिवलाई थाहा होला, ||
एकदिन त ...... || ३ ||
दुई दिनको जिन्दगी मरी जाने हो |
आखिरी अर्कैले बोकी लाने हो ||
कहिल्यै हामी बसेनौ , रामनाम बोलेर |
घाटैमा लगेर दिन्छन् पोलेर ||
एकदिन त ......||४ ||
जीवन सपारौँ , शिव बाबा सम्झेर |
आखिरी घाटमा लगि दिन्छन् पोले || एकदिन त .....||५||
26- राम जन्म
धन्य भईन भारत माता धन्य भयो अयोध्या शहर ||१||
चैत्र शुक्ल नवमीमा ,मध्यान्हको बेला |
श्री रामको जन्म भयो , विधाताको खेला ||
धन्य भयो अयोध्या शहर, धन्य भयो बैकुण्ठ दरबार || २||
स्वर्गबाट झिली मिली ,भयो पुण्य वृष्टि |
धन्य प्रभु नारायण , हजुरको सृष्टि ||
इन्द्र पुरी रमाइलो शहर , नाच्न थाले गन्धर्व किन्नर ||३||
शेसशायी भगवानका हजार छन् नाँउ |
राम यिनै दुई अक्षर , सधै भज्न पाँउ ||
श्री रामको दर्शनको रहर , पुगे सबै अयोध्या शहर || ४||
तीन वटि रानीबाट छोरा चार भाई |
राम भरत लक्ष्मण र शत्रुघनलाई ||
जन्मदिदा अयोध्यामा उत्सव भो भारी |
दर्शन गर्न भेला भए लाखौँ नर नारी ||
हामी पनि अयोध्या जाँउ, भज्दै-भज्दै श्रीराम श्रीराम || ५||
नारायणले चतुर्व्युह अवतार धारी |
पृथ्विमा गर्नु भयो लिला धेरै थरी ||
जाँउ सबै अयोध्या धाम भज्दै-भज्दै श्रीराम-श्रीराम ||६||
27- निर्गूण भजन
हाम्रो शरीर मर्छ आत्मा मर्दैन |
नारायणको भजनविना पार तर्दैन ||
कहाँबाट आए यहाँ बस्ने कति दिन हो |
भोली कहाँ जानु पर्छ सँगै जाने के हो || हाम्रो शरीर ....
लोभ त्यागी पाप मासौ जीवनमा पहिले |
विवेकबाट दान धर्मको जन्म हुन्छआ ऐले || हाम्रो शरीर ....
विवेक दया धर्मबाट ईश्वर दर्शन हुन्छ |
यो शरीरलाई यहि छोडी आत्मा गोलोक जान्छ || हाम्रो शरीर ....
राम नाम नारायण हरे कृष्ण- कृष्ण |
हृदयमा बास गर्ने आत्मा रुपी कृष्ण || हाम्रो शरीर ....
सम्झि उनै ईश्वरको चरणको नाउँ |
राम नाम भजन गर्दै सागर पार जाउँ || हाम्रो शरीर ....
28- श्रीमद्भागवतम्
ॐ जय श्रीमद्भागवतम् प्रभु जय श्रीमद्भागवतम् |
धर्म-अर्थ-काम मोक्ष चतुर्विध पुरुषार्थम् ||
शुक मुख विगलित, निगम कल्प फलम् |
परमानन्द -सुधा रस , कलि कल्मष हरणम् || ॐ जय श्रीमद्भागवतम्
कलिमल मथनि त्रि-ताप निवारीणि वैष्णव शुभ शास्त्रम् |
जन्म मृत्यु भय हारीणि ,सेवत मुक्ति दात्रम् || ॐ जय श्रीमद्भागवतम्
विषय -विलास विमोह विनाशीनि अति पावन तत्वम् |
विमल,विराग -विवेक भगवत रुप रहस्यम् || ॐ जय श्रीमद्भागवतम्
परम हँस मुनि मन विलासिनी अकिन्चन जन प्रियम् |
रसिक हृदय रस विलासिनी सुमहौखधि पावनम् || ॐ जय श्रीमद्भागवतम्
29- जय-जय गणेश -२
जय लम्बोदर जय-जय गणेश ||
जय एक दन्त जय-जय गणेश |
जय विघ्नेश्वर जय-जय गणेश ||
जय गौरी पुत्र जय-जय गणेश |
जय गणनायक जय-जय गणेश||
जय गज बक्त्र जय-जय गणेश |
जय भृङ्गिराज जय-जय गणेश ||
जय वक्रतुण्ड जय-जय गणेश |
जय नन्दीश्वर जय-जय गणेश ||
जय विनायक जय-जय गणेश |
जय सिद्धेश्वर जय-जय गणेश ||
जय मुषक वाहन जय-जय गणेश |
जय पार्वति पुत्र जय-जय गणेश ||
30- चन्द्र सूर्य
चन्द्र सूर्य आँखा छन् जसका |
पिताम्बरको पैरन छ उनको
भक्ति रसैले, श्याम कृष्णलाई खोजे सबैले ||चन्द्र सूर्य ...
पाँच तत्वबाट बनेको शरीर धर्तीमा खसे छ |
ईश्वर सँग गरेको कबुल मायामा भुले छ || चन्द्र सूर्य ... , भक्ति रसैले ....
मिट्टीको सँसार मिट्टिमै मिल्छ क्यै छैन सँसारमा |
कर्मको फलले जीवात्मा बन्छ यो भव सागरमा || चन्द्र सूर्य ... , भक्ति रसैले ....
कहाँबाट आयौँ जानु छ कहाँ बस्ने म्याद कति हो |
भोलीको खर्च कति छ हाम्रो साथ जाने कुन चिज हो || चन्द्र सूर्य ... , भक्ति रसैले ....
दुधमा घीउ तिलमा तेल नपेली भेटिन्न |
यो शरीर भित्र आत्मा छ चोखो खोजेर चिनौन || चन्द्र सूर्य ... , भक्ति रसैले ....
31- होली खेल्न
होली खेल्न आउन गोपिनी |
फाल्गुन महिना हातैमा रँग बोकी ||
भो-भो हामी खेल्दैनौ गोपाल |
भिज्छन् लुग बिग्रन्छ श्रीङ्गार || होली खेल्न....
पूर्व तिर जूनैको तारा छ
गोकुलमा राधाको घर छ || होली खेल्न....
पशुपतिमा चार ढोका चाँदीका
जता हेर्यो कृष्ण र राधिका || होली खेल्न....