सनातन तत्वज्ञानको विशाल सागर सदृश भागवतका लोकोत्तर मधुर गीतहरुमा श्री गोपीगीतको स्थान उच्चतम छ | विरहावस्थामा व्याकुल दुःखिः गोपिहरुको प्रभु प्रति उत्कट प्रेमको प्राकट्य यसमा व्यक्त भएको छ | भगवत प्राप्तिमा भक्त साधनाको चरमरुप यसमा निरुपण भएको छ | गोप्य ऊचुः जयतितेsघिकँ जन्मना व्रजः श्रयत ईन्दिरा शश्वदत्र हि | दयित दृश्यताँ दिक्षु तावकास्त्वयि धृतासवस्त्वाँ विचिन्वते ||1|| गोपिहरु विरहावस्थामा गाउन थाले --
प्रियतम! तिम्रो जन्मका कारण वैकुन्ठ आदि लोक भन्दा पनि व्रजको महिमा अरु बढ्यो
| त्यसैले त सौन्दर्य अनि मृदुलताकी देवि लक्ष्मी जी आफ्नो निवासस्थान बैकुन्ठ छोडेर यहा नित्य-निरन्तर निवास गर्न थालिन्
| परन्तु प्रियतम! हेर्नुहोस् तपाईकी गोपीहरु जसले तपाईका चरणमा नै आफ्नो प्राण समर्पित गरेका छन्
||१
|| शरदुदाशये साधुजातसत्सरसिजोदरश्रीमुषा दृशा | सुरतनाथ तेsशुल्कदासिका वरद निघ्नतो नेह किँ वधः||२|| हाम्रा प्रेमपूर्ण हृदयका स्वामी
! हामी तपाईकि बिना मोलका दासी ह्वौँ
| तपाईले शरदकालीन जलाशयमा सुन्दर भन्दा सुन्दर कमलका कोपिलाको सौन्दर्यलाई चोरेर नेत्र द्वारा हामीलाई घायल गरिसक्नुभो
| हाम्रो मनोरथ पूर्ण गर्न सक्ने हे प्राणेश्वर ! के नेत्र द्वारा मार्नु वध हैन
? हतियारले हत्या गर्नु मात्र वध हो
? ||२
|| विषजलप्ययाद् व्यालराक्षसाद् वर्षमारुताद् वैद्युतानलात् | वृषमयात्मजाद् विश्वतोभयादृषभ ते वयँ रक्षिता मुहुः ||३|| हे पुरुष शिरोमणे ! यमुनाका विषैला जलले हुनुपर्ने मृत्यु
,अजिगरका रुपमा अघासुरले खानुपर्ने
, ईन्द्रको वर्षा
, आधी
, विजुली
, वनको आगो
, वृषभासुर र व्योमासुर आदिको भिन्न-भिन्न अवसरमा सब प्रकारको भय देखि तपाईले पटक-पटक हाम्रो रक्षा गर्नु भो
||३
|| न खलु गोपिकानन्दनो भवानखिलदेहिनामन्तरामदृक् | विखनसार्थितो विश्वगुप्तये सख उदेयिवान् सात्वताँ कुले ||४|| तिमि यशोदानन्दन मात्र हैनौ
, समस्त शरीरधारिहरुमा रहने अन्तर आत्मा हौ
| प्यारे ! ब्रह्मा जीको प्रार्थना स्वरुप विश्वरक्षार्थ तिमी यदुवँशमा अवतीर्ण भएका हौ
||४
|| विरचिताभयँ वृष्णिधुर्य ते चरणमीयुषाँ सँसृतेर्भयात् | करसरोरुहँ कान्त कामदँ शिरसि धेहि नः श्रीकरग्रहम् ||५|| आफ्ना प्रेमिहरुको अभिलाषा पूर्ण गर्नेहरुमा अग्रगन्य यदुवँशशिरोमणे ! जो मनुश्य जन्म मृत्युका चक्र देखि डराएर तिम्रा चरणको आश्रय ग्रहण गर्छन् तिनलाई आफ्ना करकमलको छायामा
लिएर अभय दिन्छौ
| हाम्रा प्यारा ! सवैका आषा - अभिलाषालाई पूर्ण गर्ने उनै करकमल
, जसमा तिमीले लक्ष्मीको हात समातेका छौ
, हाम्रा शीरमा राखि देऊ
||५
|| व्रजजनार्तिहन् वीर योषिताँ निजजनस्मयध्वँसनस्मित | भज सखे भवत्किँकरीः स्म नो जलरुहाननँ चारु दर्शय ||६|| व्रजवासिको दुःख दूर गर्ने हे वीर श्यामसुन्दर ! तिम्रो मन्द - मन्द मुस्कानको एक उज्जवल रेखा नै तिम्रा प्रेमी जनको सारा मान मदलाई चूर- चूर गर्न पर्याप्त छ | हाम्रा प्यारा मित्र ! हामी सँग नरिसाउ, प्यार गर | हामी तिम्री दासी हौँ ,तिम्रा चरणमा समर्पित छौँ | हामी दुःखीलाई आफ्नो परम सुन्दर स्यामल मुख कमल देखाई देऊ ||६||
प्रणतदेहिनाँ पापकर्शनँ तृणचरानुगँ श्रीनिकेतनम् ! फणिफणार्पितँ ते पदाम्बुजँ कृणु कुचेषु न: कृन्धि हृच्छयम् !!७!!
तिम्रा चरणकमले शरणागत प्राणिहरुका समस्त पापलाई नस्ट गरिदिन्छन् ! जुन सम्पूर्ण सौन्दर्य र माधूर्यले युक्त छन्,जहाँ लक्ष्मीजी सेवारत छिन् ! तिमी तिनै चरणले हाम्रा बाछाका पछी-पछी जान्छौ र हाम्रालागी ती चरणकमल सापका फणमाथी राख्न सम्म तिमीले सँकोच गरेनौ हाम्रो ह्र्दय तिम्रो विरहव्यथा रुपी आगोले जली रहेको छ , तिम्रो मिलनको आकाँक्षाले हामीलाई सताइरहेको छ ! तिमी उनै चरणकमल हाम्रो वक्षस्थलमा राखेर हृदयको ज्वालालाई शान्त गरिदेउ !!७!!
मधुरया गिरा वल्गुवाक्यया बुधमनोज्ञया पुष्करेक्षण ! विधिकरीरिमा वीर मुह्यतीरधरसीधुनाssप्याययस्व न: !!८!!
हे कमल नयन! तिम्रो वाणी कतिमीठो छ! जसको एक-एक पद,एक-एक शब्द एक-एक अक्षर अती मधूर छ ! ठूला-ठूला विद्वान जसमा रमाउछन् ! त्यसैमा आफ्नो सर्वस्व अर्पण गरिदिन्छन् ! तिम्रो त्यो वाणीको रसास्वादन गरेर आज्ञाकारिणी दासी गोपीहरु मोहित भइरहेका छन् ! दानवीर! अब तिमी आफ्नो दिव्य अमृत भन्दा पनि मधुर अधर-रस पियाएर हामीलाई जीवन दान देऊ !! ८!!
तव कथामृतँ तप्तजीवनँ कविभिरीडितँ कल्मषापहम् ! श्रवणमँगलँ श्रीमदाततँ भुवि गृणन्ति ते भूरिदा जना: !!९!! प्रभु! तिम्रो लीलाकथा पनि अमृतस्वरुप छ ! विरहले सताएका मनुष्यहरुकालागि भने त्यो जीवन सर्वस्व नै हो ! ठूला-ठूला ज्ञानी महात्मा भक्त कविहरुले जसको गान गरेका छन् ,जसले सम्पूर्ण पाप-तापलाई त मेटाउछ नै साथमा श्रवण मात्रले परम कल्याणको दान पनि गर्दछ ! जो चाहि परम सुन्दर,परम मधुर र अत्यन्त विस्तृत पनि छ ! जो व्यक्ति तिम्रा लीला कथाको गान गर्दछन्,वास्तवमा भूलोकका तिनै सबैभन्दा ठूला दाताहुन् !!९!!
प्रहसितँ प्रिय प्रेमवीक्षणँ विहरणँ च ते ध्यानमँगलम् ! रहसि सँविदो या हृदिस्पृश: कुहक नो मन: क्षोभयन्ति हि !!१०!!
चलसि यद्व्रजाच्चारयन् पशून् नलिनसुन्दरँ नाथ ते पदम् !
शिलतृणाँकुरै: सीदतीति न: कलिलताँ मन: कान्त गच्छति !!११!!
दिनपरिक्षये नीलकुन्तलैर्वनरुहाननँ बिभ्रदावृतम् !
घनरजस्वलँ दर्शयन् मुहुर्मनसि न: स्मरँ वीर यच्छसि !!१२!!
प्रणतकामदं पद्मजार्चितं धरणिमण्डनं ध्येयमापदि । चरणपङ्कजं शंतमं च ते रमण नः स्तनेष्वर्पयाधिहन् ॥ 13 !!
सुरतवर्धनं शोकनाशनं
स्वरितवेणुना सुष्ठु चुम्बितम् ।
इतररागविस्मारणं नृणां
वितर वीर नस्तेऽधरामृतम् ॥ १४॥
अटति यद्भवानह्नि काननं
त्रुटिर्युगायते त्वामपश्यताम् ।
कुटिलकुन्तलं श्रीमुखं च ते
जड उदीक्षतां पक्ष्मकृद्दृशाम् ॥ १५॥
पतिसुतान्वयभ्रातृबान्धवा- नतिविलङ्घ्य तेऽन्त्यच्युतागताः । गतिविदस्तवोद्गीतमोहिताः कितव योषितः कस्त्यजेन्निशि ॥ १६॥
रहसि संविदं हृच्छयोदयं
प्रहसिताननं प्रेमवीक्षणम् ।
बृहदुरः श्रियो वीक्ष्य धाम ते
मुहुरतिस्पृहा मुह्यते मनः ॥ १७॥
व्रजवनौकसां व्यक्तिरङ्ग ते
वृजिनहन्त्र्यलं विश्वमङ्गलम् ।
त्यज मनाक् च नस्त्वत्स्पृहात्मनां
स्वजनहृद्रुजां यन्निषूदनम् ॥ १८॥
यत्ते सुजातचरणाम्बुरुहं स्तनेषु
भीताः शनैः प्रिय दधीमहि कर्कशेषु ।
तेनाटवीमटसि तद्व्यथते न किंस्वित्
कूर्पादिभिर्भ्रमति धीर्भवदायुषां नः ॥ १९॥
क्रमश:....
back